नियम १८
नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने
(१) नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न पाउने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पदीय कर्तव्यको सिलसिलामा देहायका नेपाली नागरिक क्यासिनो स्थलमा प्रवेश गर्न पाउनेछः–
(क) क्यासिनो सञ्चालनस“ग सम्बद्ध कर्मचारी,
(ख) सुरक्षा निकायका कर्मचारी,
(ग) मन्त्रालय, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, उद्योग विभाग वा कम्पनी रजिष्ट्रारको कार्यालयले अनुसन्धान,
अनुगमन तथा निरीक्षणमा खटाइएको कर्मचारी ।